आफ्नो उर्जाशील समयमा समाचारद्वारा देश बनाउँछु भन्दै बेफुर्सदी रहेका, सक्रिय पत्रकारिताको करिब दुई दशकपछि आफ्नो प्रेस पास जन्मदेशमै छाडेर एक्स-प्रेस बनेका तर पत्रकारितासितको गहिरो प्रेम मनको अन्तरकुन्तरबाट नहटाइसकेका तीन पलायनबादीकोे गनथन हो एक्सप्रेस डायरी को पहिलो एपिसोड। यो गनथन कतिठाउँमा कुन्ठा हो, कति ठाउँमा एकात्मक विचार र धेरै ठाउँमा चाहिँ नोस्टाल्जिया ।