Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
Sports
TV & Film
Health & Fitness
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts122/v4/74/a4/61/74a46142-d899-5ab1-3af3-81d18cd48f42/mza_1255013964240685894.jpg/600x600bb.jpg
paramendra: Son of God: Jesus come back as promised
Paramendra Bhagat
29 episodes
1 week ago
Son Of God: Jesus Come Back As Promised http://jesusisback.xyz
Show more...
Religion & Spirituality
RSS
All content for paramendra: Son of God: Jesus come back as promised is the property of Paramendra Bhagat and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Son Of God: Jesus Come Back As Promised http://jesusisback.xyz
Show more...
Religion & Spirituality
https://d3t3ozftmdmh3i.cloudfront.net/production/podcast_uploaded/638823/638823-1656524156633-bd8ecca1a04d1.jpg
ग्रेजुएट डिग्री र ईश्वर प्रति को आस्था
paramendra: Son of God: Jesus come back as promised
6 minutes 59 seconds
2 years ago
ग्रेजुएट डिग्री र ईश्वर प्रति को आस्था

आइजैक न्युटन आस्था भएका मानिस थिए। घोर आस्था। अल्बर्ट आइंस्टाइन त्यस्तै आस्थावान मानिस थिए। ईश्वर ले गरेको सृष्टि म बुझ्न चाहिरहेको छु भन्थे। तर आज थुप्रै ग्रेजुएट डिग्री प्राप्त मानिस हरु छन जो भन्छन मैले त बिज्ञान पढ़ें अब मलाई ईश्वर को जरूरत बाँकी रहेन। अर्थात अज्ञानी हुँदा ईश्वर। अब त म ज्ञानी भएँ।

https://www.jesusisback.xyz/2022/12/podcast-12.html

आइजैक न्युटन र अल्बर्ट आइंस्टाइन ले पनि नपढ़ेको त्यो कस्तो बिज्ञान तपाईं ले पढ्नु भो?

सारा ज्ञान को स्रोत ईश्वर। तपाईं का ज्ञानेन्द्रीय हरु को सृष्टिकर्ता ईश्वर। तपाईं जुन दिमाग ले सोंचनु हुन्छ त्यो बनाएको ईश्वर ले। आँखा खोले जताततै देखिने ईश्वर को सृष्टि। आँखा बंद गरे देखिने ईश्वर।

टुजी पछि थ्री जी आयो। अनि फोर जी। फाइव जी आउने शुरसार मा छ। भनिन्छ सिक्स जी मा तपाईं ले पर्खाल पछाडि के छ देख्ने अवस्था आउँछ। ईश्वर भनेको दश जी, एगारह जी होइन। एक सय, दुई सय जी होइन। हजार दुई हजार पनि होइन। लाख दुई लाख जी पनि होइन। ईश्वर भनेको अनन्त जी। त्यसैले ईश्वर लाई सर्वज्ञानी भनिन्छ। ईश्वर लाई थाहा नभएको कुनै कुरा नै छैन।

गीता मा भगवान श्री कृष्ण ले भन्नु भएको छ। प्रत्येक अणु को स्पिन बारे मलाई थाहा भइरहेको हुन्छ। यस ब्रम्ह्माण्ड को चौथो आयाम समय। त्यो समय आफैंमा सृष्टि हो। गीता मा भगवान श्री कृष्ण ले भन्नु भएको छ। जसरी ब्रम्हांड मा स्पेस टाइम भित्र सम्पुर्ण वस्तु र उर्जा छन त्यसरी नै जे जति छन म भित्र निहित छन। मलाई कण कण को क्षण क्षण को ज्ञान छ। अर्थात समय भुत, वर्त्तमान, भविष्य पुरा ईश्वर भित्र निहित छन। त्यस कारण भविष्य मा के हुन्छ त्यो प्रत्येक घटना ईश्वर लाई पहिले नै थाहा हुन्छ। धर्म ग्रंथ मा लेखिएका भविष्यवाणी हरु का स्रोत ईश्वर।

कुनै किताब धर्म ग्रन्थ हो कि होइन भनेर छुट्याउने तरिका त्यो पनि हो। कि त्यो ग्रन्थ भित्र भविष्यवाणी हरु छन कि छैनन? होइन भने बाइबल जतिकै लामो न लामो पुस्तक लियो टॉलस्टॉय को वॉर एंड पीस। युद्ध र शांति। तर त्यो धर्म ग्रन्थ होइन। होमर का इलियाड र ओडिसे साहित्य हुन, धर्म ग्रन्थ होइनन।

प्रथम तीन जस्तै चौथो आयाम समय पनि सृष्टि नै हो।

मनुष्य ले दुई आयाम को फिल्म बनाउँछ। त्यो मनुष्य को सृष्टि हो। यो चार आयाम को ब्रम्हाण्ड ईश्वर को सृष्टि हो। तर मनुष्य को आत्मा चार आयाम भित्र को कुरा होइन। त्यो आत्मा खुद भगवान विष्णु को गर्भ बाट आएको हो। एक दिन पृथ्वी को आयु सकिन्छ। एक समय स्वर्ग को पनि आयु सकिन्छ यद्यपि त्यो अत्यंत लामो भने हो। तर आत्मा कहिले पनि मर्दैन।

तपाईं ईश्वर का लागि बिशेष हुने कारण त्यो हो। मानवीय परिस्थिति मा ईश्वर ले त्यति विधि सरोकार राख्ने कारण त्यो हो। होइन भने यत्रो ठुलो ब्रह्माण्ड मा एउटा सानो धुलो को कण जस्तो ग्रह पृथ्वी।

मानवीय शरीर अंतरिक्ष मा लान सकिँदैन। धरती को गुरुत्वाकर्षण मानव शरीर लाई अत्यंत चाहिने कुरा। अर्थात मानिस का लागि धरती बनाइएको हो भने त्यत्रो बड़ेमा को ब्रम्हांड किन बनाउनु परेको? एउटा सौर्य मंडल बनाए पुग्दैन थियो?

तपाईं को शरीर पृथ्वी मा होला। तर तपाईं को दिमाग त त्यो बड़ेमा को ब्रम्हांड को कुना कुना पुगेको देखिन्छ त। त्यो अत्यंत ठुलो ब्रम्हांड तपाईं को दिमाग का लागि बनाइएको पो हो कि?

आध्यात्मिक ज्ञान भनेको आत्मा र परमात्मा को ज्ञान। त्यो चार आयाम बाहिर को ज्ञान। चार आयाम समेट्दै चार आयाम बाहिर को ज्ञान।

paramendra: Son of God: Jesus come back as promised
Son Of God: Jesus Come Back As Promised http://jesusisback.xyz