
बुद्धि बङ्गारा
हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे
ऊ भन्थ्यो–
'दाँतहरू त केवल देखाउनका लागि हुन्
बुद्धि बङ्गारा पलाएपछि मात्र
बुद्धि आउँछ ।’
गिजाको कुना चिरेर
एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा
त्यसपछि चमत्कार भयो
उसले पार्टीको सदस्यता पायो
चुनावको लागि उम्मेदवारी पायो
ऊ त्यसपछि शहरबाट गाउँ आयो
पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर
गाउँलेहरूलाई चिया खर्च बाँड्यो
निकाल्यो झोलाबाट मतपत्रको नक्कल
र भन्यो,
‘यो मेरो चुनाउ चिन्न
भोट हाल्नू !’...
– भूपिन
✎ भूपिन | 🔊@Mimraj Pandeya | ♬ Pushkar Mahataun