
Inspired by this beautiful art done by my sister I wrote this poem.
A boy and a girl from different worlds and backgrounds meet at the dawn ie the intersection of their life. The boy describes his world to her and told her that how she completes him from every aspect. The boy told her that he will be waiting for the girl at that same point of life where their worlds intersect.
दिन र रात जस्तै चंचल र शान्त तिमी र म
रङ्गीचङ्गी संसारमा हुर्किएकाे चंचल म,
रात जस्तै शान्त तिमीलाई ,
उषाको पहिलो किरणमा साथी बनाए |
साथ नछोडौला कहिल्य दिनले रात पछ्याए जस्तै,
रङ्ग भरौला सधैँ मेरो रङ्गीन जीन्दगीबाट,
पतझड को समय हरियाली भएर तिमी आउनु,
पर्खी रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन्।
पर्खी रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन् |
हर बिहानी तिमी प्रेरणा भएर आउनु,
हर साँझ म तिम्रो लागि अस्ताउनेछु,
तारा जस्तै अटल भएर आउनु,
चराजस्तै तिम्रो सपना को उडान म गराउनेछु।
विश्वासका साथ आउनु, मायाले आउनु,
तिम्रो जीवनमा हावा हुरी चले,
नयाँ आशाको टुसा म उमार्नेछु।
हौसला भएर आउनु, सपना भएर आउनु,
फरक परिवेश को भएता पनि मेरी भएर आउनु,
अपुरो तिमी त्यसरी नै आउनु, पूरा म तिमीलाई गराउनेछु।
रात तिमी दिन खोज्दै आउनु,
सुटुक्कै आउनु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन्
पर्खी रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन् |
सधैझैँ मुस्कान लिएर आउनु, गालामा कोठी लिएरै आउनु,
आँखामा सपना लिएरै आउनु, कोरीबाटी कपाल फिजाएरै आउनु,
कालो पहिरनमै तिमी आउनु, रोएर होइन हाँसेर आउनु,
मिर्मिरे उज्यालोमा आउनु, दिन संगको दुरी नबड्दै आउनु,
बिहानीको मिठो घामको किरण हुदै आउनु ,
सितले दुबो नछोड्दै आउनु ,
कस्तुरी जस्तै हर्ससाथ आउनु , आफ्नै भेस र भूसामा आउनु
छोरी जस्तै आउनु आमा जस्तै आउनु
तयार रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन्
पाउनेछौ मलाई उही प्रारम्भमा जहाँ रात र दिन जोडिन्छन् ।