
This is a letter from a son to her mother. As the picture depicts, the mother has been waiting for his son who has gone to the city a long time ago to study and to build up his career. During the struggles and hurdles he wrote a letter to her mother saying that although they have not met physically for a long time, she always comes in his dream and loves him. He told the mother that he is very much willing to meet her but due to his failures, he has not the confidence to meet her and face the relatives.
मलाई बुझ्ने कोशिस गर्नुहोला हैआमा
सुन्छु गाउँघरमा आज
तपाईंको छोरा खोइ भनेर सोध्छन् रे,
पढ्नलाई शहर पठाएको छोरो
आज उतै हरायो भन्छन् रे,
शहरको रमझममा भुली
आमाको ममता लाई हेला गर्यो भन्छन् रे।
म बुझ्छु आमा तपाईंको वेदना
छोराछोरीको ममता भित्र लुकेको तपाइको सपना,
आँखा काे नानी जस्तै सम्हालेर राख्नुभयो,
आज उही नै वरपर नहुँदा
तपाईंको मनमा उब्जेका प्रश्नहरूको सामना।
तर मलाई पनि बुझ्ने कोसिस गर्नुस् आमा,
माया मारेर तपाईबाट टाढा भएको होइन
कहिलेकाहीं जिन्दगीसँग लड्दा लड्दै,
अनि कहिलकाहि लड्दा लड्दै पनि नजित्दै गर्दा,
हारेको अनुहार म तपाईंलाई कसरी देखाऊ ?
प्रगतिकाे प्रश्न गर्ने समाजलाई म के भनु ?
नातागोता काे हरदिनको कानेखुसी को
उत्तर अहिले म सँग छैन आमा।
तपाईं सोच्नुहुन्छ होला,
म टाढिए, हृदय मेरो ढुङ्गा भयो,
तर रातको सपनीमा तपाईंलाई चोट लाग्दा मुटु मेरो दुख्छ आमा,
गाउँलेको कचकच तपाईंले सुन्नुपर्दा आँसु मेरो झर्छ आमा,
साहुकारले म पढेको ऋण माग्दा ह्रदय छिया मेरो हुन्छ आमा,
म मजबूर छु आमा
मेरो आफ्नै हालतले, अप्रगतिले बढाएको अनिश्चयताले
साथी भाई संग काे तुलनाले, समाजको दवावले,
मन मेरो यहाँ पनि रुन्छ, जब आँसु त्यहाँ तपाईंको झर्छ आमा।
तर म आउनेछु आमा एकदिन,
जिन्दगीसँग काे संघर्षलाई जितेर,
क्षरीक यो परिवेशलाई छोडेर,
आउनेछु अनि थकाई मार्नेछु तपाईंको त्यो काखमा
जहाँ सानोमा म लुकामारी खेल्थे,
विसाउनेछु आफ्नो सपनीको भारी
अनि पुछ्नेछु पसिना तपाईको पटुकीले,
यो थकित जिन्दगीबाट विश्राम लिउला
अनि देखाउँला तपाईलाई मैले सिंगारेको संसार।-2
केही समय देऊ है आमा,
आँसु लाई पछेउरीले पुछेर दरिलो होऊ,
सफलता र असफलताकाे लडाइँमा मलाई साथ देऊ
तिम्रो पसिनाललाई केहि समय अझ धर्ती सिच्न देऊ
समाज र इष्टमित्रको गाईगुँई लाई अन्देखा गरिदेऊ
अठोट यो गर्छु की आमा,
थोपा थोपा आँसुको मूल्य म तिर्नेछु
हेला गर्ने समाजमा तपाईलाई उभाउनेछु
नमस्कार नफर्काउने ठुलाहरुको शिर झुकाउनेछु
अन्तिमपटकको आँसु झरेको समय भुलाउनेछु।
तर लड्दा लड्दै पनि संघर्ष गर्दा गर्दै पनि,
सफल म हुन सकिन, धन थुपार्न सकिन भने
मलाई हेला नगर्नु है आमा, म त्यो चाहिँ सहन सक्दिन,
साथीभाइको दूर दूर र छि छि म सहुला
तर तपाईंको अपहेलना बोक्ने हिम्मत छैन ममा
नातागोता र इष्टमित्र को अगाडि इज्जत घट्ला
तर तपाईंको अगाडि इजतविहिन जिन्दगी जिउन सक्दिन।
मलाई बुझ्ने कोशिस गर्दिनु होला है आमा,
म सँग तपाईलाई राख्ने महल भएन भने,
सरर गुड्ने मोटर गाडी चढाउन सकिन भने,
दुई चार ओटा घडेरी अनि तिम्रो बुहारीलाई सुनले सिँगार्न सकिन भने
लाज नमान्नु होला है आमा,
मलाई गाली होइन माया गर्नुहोला,
आमाको ममतामा कमी नल्याउनु होला,
धनसम्पत्तिको कमीकाे दोष छोरालाई नथुपार्नुहोला ।
अधुरो सपनाको रिस मलाई नपोख्नुहोला ।
मेरो हारले तपाईंको शिर नझुकाउनुहोला है आमा ।
नभए मसँग कुनै ठाउँ रहनेछैन आमा,
जहाँ म आफ्नो आँसु बहाउन सक्नेछु
हृदयको क्रदन काे पीडा खोल्न सक्नेछु।
ढोकाहरू सबै बन्द भएको देख्दा,
आफ्नै अगाडि हुतीहारा शब्द सुन्दा
आफ्नै श्रीमतीले इज्जत नगर्दा
म कसरी बाँच्न सक्छुहोला आमा ?
म कसरी बाँच्न सक्छुहोला ?
त्यो बेला मलाई बुझ्ने कोशिश गर्दीनुहोला है आमा।
सक्ने सम्म यो केटोले गरेकै हो भनेर सोचिदनुहोला है आमा।
मलाई बुझ्ने कोशिस गर्नुहोला हैआमा